जब गोराहरु बुझ्दैनन्


                                                                                         –निकोलस क्रिस्टोफ

जब म अमेरिकामा विद्यमान जातीय असमानताको बारेमा लेख्छु, गोराहरुले एउटा आम प्रतिक्रियाका रुपमा आंखा घुमाउंदै जोडदार रुपले भन्ने गर्छन : यो अघि बढ्ने समय हो ।
“गोराहरुका रुपमा, के हामी अनन्तकाल सम्म आत्मालोचित हुन अभिशप्त छौं ?”नीलले मलाई ट्वीट गरे । “व्यक्तिगत उत्तरदायित्वले कहिले काम गर्छ ?”
मेरो फेसबुक पेजमा टेरीले सोधे :“ती कामहरु जो धेरै पहिला भइसकेका थिए का पछाडी हामी किन अझै दौडि रहेका छौं ?”
यो बर्ष मैंले लेखेका स्तम्भ श्रृंखलाहरु,किन स्वेतहरुले यो बुझ्दैनन्,  मध्येको यो मेरो चौथो किस्ता हो, अनि अधिकांश स्वेत पाठकहरुले यसलाई केबल जात प्रतिको आरोपको खेलका रुपमा क्रोध र विरक्ति पूर्वक प्रतिक्रियाहरु दिएका छन् । उनीहरु जातीय उत्पीडनको क्रूर इतिहासलाई स्विकार गर्दछन् तर यसो भन्दछन् कि हामीहरुले अगाडी हेर्नु पर्दछ, पछाडी होइन । सर्बोच्च अदालतले यसो भनेर यो विचारमा साझेदारी गर्न खाजेको देखिन्छ कि नागरिक अधिकारको आजको युगमा मताधिकारबाटै यो समस्यालाई अनावरण गर्न सकिन्छ ।
दिना भन्छिन : “म यो जातीय कुराकानीबाट थकित छु । यसले मलाई भड्काएको छ । बन्द गर । धेरै जसो उद्योगहरुमा, जातीय हदबन्दीको कुरा खत्तम भैसकेको छ । हाम्रा राष्ट्रपति अश्वेत छन् । त्यस समयबाट, अब कुनै क्षमाको कुरा बांकी छैन ।”  
यदि सांच्चै यो कुरा यति सरल भैदिए !
बास्तबमै, व्यक्तिगत उत्तरदायित्व एउटा सवाल हो । ओर्नाल्डो पिटर्सन, प्रबुद्ध अश्वेत समाजशास्त्री, आउंदै गरेको उनको पुस्तकमा लेख्छन् कि ९२ प्रतिशत अश्वेत युवाहरु उनीहरुका अग्रज अश्वेत पुरुषहरुले शिक्षालाई प्रशस्त गहनताका साथ महत्व नदिएर ठूलो समस्या भएको ठान्दछन् । र, ८८ प्रतिशत स्विकार गर्दछन् कि उनीहरु उत्तरदायित्वपूर्ण पिताहरु बन्न नसक्नुले ठूलो समस्या ल्याएको छ । ठिक त्यहि कारणले राष्टपति ओबामाले फरक रंगका प्रौढ र युवाहरुका बिचमा अझ दूरगामी आनीबानीको विकास गर्न मेरा दाजुभाइको रक्षक (My Brother's Keeper) कार्यक्रम संचालन गरेका छन् ।
तर हामी श्वेत समाजमा रहेकाहरुले पनि बराबरी जिम्मेदारी बहन गर्नु पर्दछ । यस श्रृंखलाका विगत लेखहरुमा मैंले तत्कालीन रंगभेदी दक्षिण अफ्रिकामा रहेको भन्दा पनि बढी आज अमेरिकामा भइरहेको श्वेत/अश्वेत आर्थिक असमानताबारे,श्रम बजारमा अफ्रिकी मूलका अमेरिकीहरु विरुद्ध निरन्तर जारी विभेदबारे एवं न्याय प्रणालीको योजनाबद्ध पक्षपातबारे विबेचना गरेको छु । तर, ती कुराहरुले झन् अप्ठ्यारो पो ल्याइदियो : राम्रो सामथ्र्य भएका त्यति धेरै श्वेत अमेरिकीहरुको शेखीका पछाडी जातीवाद एउटा ऐतिहासिक शिल्पतथ्य रहेछ ।
वास्तवमा, विगत २० वर्षका अनुसन्धानका लहरहरुले संयुक्त राज्य र दक्षिण अमेरिकामा एकै खाले दासत्वका जीर्ण प्रभावहरुबारे पर्याप्त दस्तावेजहरु ल्याएका छन् । उदाहरणका लागि, २०१०मा प्रकाशित एक प्राज्ञिक पत्रिकाका अनुसार सन् १८६०मा दासहरुको उच्च अनुपात रहेका अमेरिकी काउन्टीहरु अहिले पनि बढी असमान अवस्थामा नै छन् । यसको कारण भनेको दासहरुको बढी आवादी रहेका ती इलाकाहरु उच्च घरानाका कृषी मालिकहरुद्धारा शासन गरियो र सार्वजनिक विद्यालय, पुस्तकालय एवं न्यायिक निकायहरु अश्वेत एवं कामदार वर्गका श्वेतहरुलाई समेत पछाडि धकेल्दै खुल्नै दिइएन ।
श्वेतहरुले प्राय यो कुरा महशुश गर्दैनन् कि गृह युद्धको लामो समय पश्चात सम्म पनि दासत्व वास्तवमा अन्त्य भएको थिएन । डोग्लस व्ल्याकमोनले एतिहासको भण्डाफोर गर्ने उनको पुलित्जर पुरस्कार विजेता पुस्तक “अर्को नामको दासत्व (Slevary By Another Name)” मार्फत कसरि स्टील र अन्य अमेरिकी निगमहरुले २०औं शताव्दी सम्म अश्वेत दास श्रमिकहरुलाई कैदी बनाएर ठेक्का पट्टामा प्रयोग गरे भन्ने विस्तृत व्याख्या गरेका छन् । अश्वेतहरुलाई “बेइलमीे” जस्ता फजुल अभियोगमा गिरफ्तार गरिन्थ्यो र दास कैदीका रुपमा कम्पनीहरुलाई ठेक्कामा दिइन्थ्यो ।
रोजगारी र आवास सम्बन्धी विभेदले अश्वेतहरुलाई योजनाबद्ध रुपमा सम्पति सञ्चय गर्न रोक लगायो । संघीय आवास प्रशासन र अन्य पहलकर्ताले आवासको स्वामित्व तथा मध्यम वर्गमा व्यापक बढोत्तरी ल्याए तर अश्वेतहरुलाई निरन्तर बहिष्करणमा पारियो ।
त्यो एक कारण हो कि श्वेत घरवालाहरुको तुलनामा ६ प्रतिशत अश्वेत घरवालाहरुमात्र सम्पतिशाली छन् अनि ७३ प्रतिशत श्वेतहरु संग घर हुंदा ४४ प्रतिशत अश्वेतहरुसंग मात्र घर किन छ भन्ने कारण पनि यहि हो ।
असमानता विशेष गरेर अझ शैक्षिक क्षेत्रमा पनि उस्तै छ । अवास्तविक अलग (गोरा र काला जातीका लागि अलग) विद्यालयहरुलाई वास्तविक (De Facto) अलगावले प्रतिस्थापित गरेको छ ।
हामी श्वेतहरुको भ्रममा बांच्न सक्ने अद्भूत क्षमता छ । मत संकलनहरु हुंदा खेरी बहुसंख्यक श्वेतहरुले भन्ने गर्दछन् कि अश्वेतहरु पनि श्वेतहरुले जस्तै आम्दानी गर्दछन् र उनीहरु आफूहरु जस्तै स्वस्थ पनि छन् । वास्तविक कुरा चांहि के हो भने अश्वेतहरुको औसत आय ३४,५९८ अमेरिकी डलर छ जवकी जनगणनाको तथ्यांक अनुसार सबै खाले गोराहरु (Non-hispanic Whites)को त्यस्तो आय ५८,२७० अमेरिकी डलर छ । गोराहरुको तुलानामा काला जातीका मानिसहरुको औसत आयु चार बर्ष कम छ ।
चुरो कुरा जातीको हो । राष्टपति र मिचेल ओबामाका छोरीहरुले उनीहरुका बाले भने जस्तै सकारात्मक कुराहरु देखेर रमाएर बस्नु हुंदैन जवकी तल्लो तहका श्वेत बालकहरुले त्यसो गर्नु उपयुक्त छ ।
आजको श्वेत सौभाग्यको एउटा तत्व के छ भने उनीहरुमा सौभाग्य विस्मृतिको गुण छ । त्यसमा विगतको दमनले वर्तमानको असुविधालाई आकार प्रदान गरेको छ भन्ने कुरा पनि हांसेर विर्सिइएको जस्तो लाग्छ।
हामी सबै हाम्रा पुर्खाहरुको कांधमा उभिएका छौं । हामी एक रिले दौडमा छौं, अविभावक र बुढा अविभावकहरुको आर्थिक तथा मानवीय राजधानीको भरमा । यस रिले दौडको प्रारम्भिक अवस्थामा अश्वेतहरुलाई बांधेर राखियो र, यद्यपि अधिकांश बन्धनहरु तोडिइसकेको छ , श्वेतहरुले विशाल अग्रता विकसित गरे । श्वेत सौभाग्यलाई अगाडी राखिएको त्यस लामो दौडको शुरुवातलाई के हामीले उपेक्षा गरौं र मानिरहौं कि अव त प्रतिस्पर्धा स्वस्थ नै भैरहेको छ ?
बास्तबमा त्यसो गर्न सकिदैन । जीवनको यो रिले दौडमा यदि हामी श्वेतहरु अगाडी छौं भने, हामीले यो मान्नु पर्दैन कि पुस्तौंको शोषण पश्चात मात्र हामीले यो अग्रता हासिल गरेका छौं ?अवसरहरुको वितरणमा सुधार गर्दा तथा सौभाग्यशाली गोराहरुका बालबच्चालाईं झैं काला जातीका अभागी बच्चाहरुलाई पनि राम्रो शिक्षाको उचित अवसर दिंदा हामी अझ ठूला हुंदैनौं र ?
जातीको सवालमा हामीले कम्तिमा यत्ति र गर्न सक्नु पर्छ, जस्तो कि विलियम फकनरले ठिकै भनेका छन् : विगत कहिले पनि मरेको थिएन । यो विगत पनि होइन।
 
 

 
(१७ नोभेम्वर २०१४ मा International New York Times मा प्रकाशित निकोलस क्रिस्टोफको यस लेखको नेपाली अनुवाद युवराज चौंलागाईंबाट भएको हो । )

Comments

Popular posts from this blog

शिक्षा : परिवर्तनको पैरवी

कमरेडको फोन

कोरियामा पिल्सिएको नेपाल : एक अनुभूति