पुनर्गठनको पर्खाइमा माओवादी आन्दोलन
युवराज चौंलागाई
एकता र पुनस्र्थापना
आधा दशक अगाडी नेपालमा एउटै कम्युनिष्ट केन्द्रको अवधारणा अघि सार्ने नेपालका माओवादी नेताहरु अहिले आफैं झण्डै आधा दर्जन समूहहरुमा विभाजित छन्। नेपालको इतिहास बदल्ने माओवादी आन्दोलन अब आफैं इतिहासको दु:खान्त नियति भोग्ने ठाउंमा आइपुग्यो भनेर विरोधी नेताहरुले दैनिक जसो कटाक्ष गरिरहेका छन्। माओवादी दावी गर्ने सबै पार्टीहरुको व्यापक विचलन,अलमल र गल्तीका चांगहरु देख्दा माओवादी र सफलताको अब भेटघाटै हुंदैन कि भन्ने डर मान्ने पक्तिं ठूलै छ । तैपनि समकालीन नेपालको सबभन्दा प्रगतिशील,जनआधारित,रक्तरञ्जित इतिहास र व्यापक रुपमा स्थापित नेतृत्व भएको आन्दोलन हुनुका नाताले यो आन्दोलनको पुनस्र्थापना संभव र आवश्यक दुवै छ। असल नेता कार्यकर्ताहरुको मनभित्र यहि कुराले घर गरेको छ । र, त्यसलाई साकार तुल्याउने संकल्प नै सिंगो माओवादी आन्दोलनको चालक शक्ति हो ।
विगतमा के कति कारणले विभाजन आयो र त्यसमा कसको मुख्य कमजोरी रह्यो त्यो अलग्गै चर्चाको विषय हो। अहिलेलाई भने सबै जसो समूहहरु एकताको पक्षमा देखिएका छन् जुन स्वागतयोग्य छ। केही समय अगाडी एमाओवादी अध्यक्ष कमरेड प्रचण्डको संयोजकत्वमा शीर्ष नेताहरु सम्मिलित दुई ठूला पार्टीबीच एकताको लागि संयोजन समिति समेत बनिसकेको छ। यो समाचारले सिंगो आन्दोलनमा उत्साह संचार गराएको छ। अहिले सामान्यत: ३ कारणहरुले गर्दा पार्टी एकता अपरिहार्य छ। पहिलो, सबै माओवादी नेता, कार्यकर्ताहरुले आफू विरोधीहरुबाट हेपिएको नमीठो अनुभूति गरेका छन् । विगत लामो समय राजनीतिको केन्द्रमा रहेको आन्दोलन एक्कासी छेउकुनामा धकेलिए पछि एकताको महत्वबोध भएको देखिन्छ। परिधीबाट केन्द्रमा पुनस्र्थापित हुनका लागि एकता बाहेक तत्कालको अर्को बाटो छैन। दोश्रो, मुलुकमा माओवादी आन्दोलनले स्थापित गरेका कार्यभारहरु आधारभूत रुपमा पुरा भइसकेका छैनन्। ती एजेण्डाहरुको सफलताको लागि एकता अनिवार्य छ। तेश्रो, विचार र त्यसका बहुबिध पक्षको रक्षा, प्रयोग र विकासका लागि कित्ताकाट गरेर होइन, सामूहिक बहस र प्रयोगबाट मात्र संभव छ। स्पष्टै छ, आधारभूत सैद्धान्तिक पक्ष मिल्ने माओवादी शक्तिहरुको विभाजनले कुनै क्रान्तिको जन्म दिन सक्दैन, बरु अन्तत: क्रान्तिको भ्रुण हत्या मात्रै गर्नसक्छ।
अहिले माओवादी पार्टीहरु बिच एकताको चर्चा चलिरहेको समयमा एकाथरीले एकता कि पुनर्गठन भन्ने बहस गर्न खोजेको देखिन्छ। निश्चय नै यो असान्दर्भिक विषय होइन। बास्तविक कुरा गर्ने हो भने अहिले चाहिएको पुनर्गठन नै हो । पुनर्गठन शव्दावली एकता भन्दा गहन हुन सक्छ। किनभने पुनर्गठन अलि व्यापक शव्द हो जसले सिद्धान्त, विचार, संगठन, बिधि, संस्कृती आदि अनेकन् आयामहरु समेट्छ। तर, यसले तत्कालीन कामबारे त्यतिकै अस्पष्टता पनि प्रस्तुत गर्छ। तसर्थ, पुनर्गठनको लक्ष्यका साथ तत्काल एकता आजको आवश्यकता हो। एकताले सिंगो आन्दोलनलाई नयां बहस, बिधी र शक्तिमा बदल्ने छ जुन क्रमिक पुनर्गठन हुने छ। अन्याथा, हठात् पुनर्गठनको कुरा गर्नु भनेको नजन्मिएको छोरालाई कुन विश्वविद्यालयमा पढाउने भनेर बाआमाले विवाद गर्नु जस्तो मात्रै हुने छ।
पुनर्गठनका आधारभूत सवालहरु
क) विचारधारात्मक प्रश्न
नेपालका माओवादी शक्तिहरु आधारभूत सिद्धान्तका दृष्टिले एकै ठाउंमा छन्। माओवाद सम्बन्धि समान बैचारक रुझान त्यसको प्रमुख दृष्टान्त हो। माओवाद सम्बन्धि सैद्धान्तिक मान्यताका ३ वटा प्रमुख पक्षहरु रहेका छन्। पहिलो, अर्ध सामान्ती र अर्ध औपनिवेशिक मुलुकमा जनबलमा आधारित नया जनवादी क्रान्तिको सिद्धान्त । दोश्रो,प्रतिक्रियावादी सत्ता विरुद्ध निर्णायक संघर्षका बेला जनताको बल प्रयोगको अनिवार्यता। तेश्रो, क्रान्तिकारी आन्दोलन भित्र निरन्तर क्रान्ति अथवा सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्त ।
एकीकृत नेकपा –माओवादी)ले आफ्नो सातौं (हेटौंडा) महाधिबेशनबाट उपरोक्त मध्ये पहिलो मान्यता परित्याग गऱ्यो भनेर कतिपयले आरोपित गरेको पाइन्छ, जुन कुरा बास्तवमा सत्य होइन। हेटौंडा महाधिबेशनद्धारा पारित मूल राजनीतिक दस्तावेजमा भनिएको छ।............................. उपरोक्त उद्धरणको आधारमा निम्न ३ कुरा भन्न सकिन्छ। पहिलो, नेपालमा नयां जनवादी क्रान्ति आवश्यक थियो र छ। त्यसका लागि पार्टीले ठूलो लगानी र जोखिम उठाएको इतिहास साक्षी छ। ।दोश्रो, नेपाली नयां जनवादी क्रान्तिको गन्तव्य पार्टी स्थापना वा २०४६ को आंखाबाट होइन, जनयुद्ध, पछिल्लो जनआन्दोलन, सबिधान सभा र पछिल्लो विश्व परिस्थितीको आंखाबाट हेर्न अनिवार्य छ। तेश्रो, नेपालमा, तसर्थ, नयां जनवादी क्रान्ति खण्ड खण्ड गरेर आफ्नो मौलिकता सहित धेरै हद सम्म पुरा भएको छ तर यसका कयौं महत्वपूर्ण कार्यभार अझै पुरा हुन बाकी नै छन्। तिनलाई पुरा गर्नु र समाजवादी बाटोमा अघि बढ्नु अबको कम्युनिष्ट आन्दोलनको कार्यभार हो।
एकीकृत नेकपा –माओवादी)ले आफ्नो सातौं (हेटौंडा) महाधिबेशनबाट उपरोक्त मध्ये पहिलो मान्यता परित्याग गऱ्यो भनेर कतिपयले आरोपित गरेको पाइन्छ, जुन कुरा बास्तवमा सत्य होइन। हेटौंडा महाधिबेशनद्धारा पारित मूल राजनीतिक दस्तावेजमा भनिएको छ।............................. उपरोक्त उद्धरणको आधारमा निम्न ३ कुरा भन्न सकिन्छ। पहिलो, नेपालमा नयां जनवादी क्रान्ति आवश्यक थियो र छ। त्यसका लागि पार्टीले ठूलो लगानी र जोखिम उठाएको इतिहास साक्षी छ। ।दोश्रो, नेपाली नयां जनवादी क्रान्तिको गन्तव्य पार्टी स्थापना वा २०४६ को आंखाबाट होइन, जनयुद्ध, पछिल्लो जनआन्दोलन, सबिधान सभा र पछिल्लो विश्व परिस्थितीको आंखाबाट हेर्न अनिवार्य छ। तेश्रो, नेपालमा, तसर्थ, नयां जनवादी क्रान्ति खण्ड खण्ड गरेर आफ्नो मौलिकता सहित धेरै हद सम्म पुरा भएको छ तर यसका कयौं महत्वपूर्ण कार्यभार अझै पुरा हुन बाकी नै छन्। तिनलाई पुरा गर्नु र समाजवादी बाटोमा अघि बढ्नु अबको कम्युनिष्ट आन्दोलनको कार्यभार हो।
एमाओवादीबाट अघि सारिएको उपरोक्त प्रस्तावना नेपालको कम्युनिष्ट आन्दोलनमा एक नयां बहस र पहलकदमी हो। यस प्रस्तावना माथि गहन छलफल गर्न माओवादी शिविर जति तत्पर र खुला हुन्छ, त्यति नै माओवादको वैज्ञानिक मान्यता पनि जबर्जस्त स्थापित हुदै जान्छ। एमाओवादी बाहेकका अन्य पार्टीहरुमा यस मामलामा बैचारिक अन्यौलता रहेको कुरा लुकाउन आवश्यक छैन। वहांहरु नयां पन आवश्यक छ भन्नु हुन्छ, तर न आफैं नयां मान्यता अगाडी सार्नु हुन्छ, न अरुद्धारा अघि सारिएका त्यस्ता मान्यतालाई स्विकार नै गर्न सक्नु हुन्छ। एउटा सत्य के हो भने अबको माओवादी आन्दोलनले त्यतिबेला मात्रै सफलता हासिल गर्न सक्छ जब उसले आफ्नै महान ऐतिहासिक अनुभवहरुलाई सहि ढंगले बैचारिक संश्लेषण गर्ने साहस गर्न सक्छ। दुखको कुरा के छ भने एमाओवादी बाहेकका धेरै जसो माओवादी पार्टीहरु आफूलाई नयां क्रान्तिकारी आन्दोलनको नेता शक्ति दावी गर्न जति अघि सर्ने गर्छन, बैचारिक मान्यताहरुलाई आबश्यक नवीकरण गर्न त्यति नै पछाडि भाग्ने गरेको पाइन्छ। यो तरिकाले त कहिले पनि आन्दोलनको उठान हुदैन।
सारमा, विश्व र नेपालको समग्र बस्तुगत अबस्थामा आएको परिवर्तन र त्यसले क्रान्तिकारी कम्युनिष्ट आन्लोलनमा पारिरहेको तथा पार्न सक्ने प्रभावको मूल्यांकन गरेर आगामी बाटो तय गर्न माओवादी शक्तिहरु खुल्ला हुनै पर्छ। त्यसले मात्र एकता दीगो र उद्देश्यमूलक हुन सक्दछ। यसलाई सामान्य राजनीतिक विषय मात्र ठानेर अघि बढ्ने हो भने एकता घटित हुन वा भइहाले पनि त्यसले कुनै परिणाम दिन संभव हुने छैन।
राजनीतिक कार्यनीतिको प्रश्न
माओवादी आन्दोलन प्रति जनसामान्यबाट सर्वाधिक उठाइने प्रश्न राजनैतिक प्रश्न नै हो । नेपालको प्रदूषित राजनीतिलाई सफा गर्छौं भनेर आएका माओवादीहरु आफैं प्रदुषित भए, विकल्प हौं भनेर आएकाहरु ऋाफैं त्यसमा सामेल भए भन्ने आरोप माओवादी आन्दोलन माथिको सर्वाधिक संवेदनशील आरोप हो। यसबाट मुक्त नयां शक्ति अबको प्राथमिक आबश्यकता हो। एकता ठिक यहि आवश्यकतालाई संवोधन गर्नका लागि हुनु पर्दछ। मेरो विचारमा राजनैतिक मुद्दाहरमा एमाओवादी व्यापक आत्मालोचित हुनु जरुरी छ भने बैचारक पक्षमा अन्य माओवादी शक्तिहरुले एमाओवादीलाई साथ दिनु आबश्यक छ। यसले नयां एकता मात्र पैदा गर्ने छैन, जुझारु जनपक्षीय शक्तिको आबश्यकतालाई सम्बोधन समेत गरि देशलाई निकास पनि दिने छ।
संबिधान सभा अहिले माओवादी शक्तिहरुका विचको तत्कालीन विवादको विषय बनिरहेको छ। तर, यो विवादमा धेरै अल्झिएर देश र आन्दोलनलाई खासै फाइदा हुनेवाला छैन। सबभन्दा पहिला माओवादी शक्तिहरुले आजको राजनैतिक अवस्थामा कुन न्यूनतम् विन्दु सम्मको संविधान निर्माण गर्ने भन्ने विषयमा सहमति खोज्नु उपयुक्त हुनेछ। त्यस पश्चात बैकल्पिक बाटाहरुबारे छलफल र सहमति राम्रो हुन्छ। सबै, माओवादी सहमत हुने न्यूनतम् अन्तर्वस्तुको संबिधान प्राप्त गर्नकालागि संबिधान सभाबाटै अधिकतम् प्रयत्न गर्दा कसैलाई पनि घाटा छैन। यदि त्यो संभव नभएको खण्डमा चर्को आन्दोलनमा जानकालागि शक्ति पनि त्यहिंबाट मिल्न सक्छ। यसरी संबिधान सभा भित्र र बाहिरको संघर्षलाई तालमेल मिलाई एक ढिक्का भएर अगाडी बढ्न सकिन्छ।
संबिधान बाहेकका विषयहरुमा प्रतिपक्षका रुपमा सशक्त संघर्ष गर्न माओवादी शक्तिहरु संधै खुल्ला छन्। त्यो गर्न पार्टी एकता कुरी रहनु पर्दैन।
Comments
Post a Comment