Posts

Showing posts from July, 2015

१६ बुंदे सहमति पछि तरवारको धारमा माओवादी

-युवराज चौंलागाईं   प्रमुख चार राजनैतिक दलहरुका बीचमा जेठ २५ गते सोमबार राती १६ बुंदे सहमति भएपछि नेपाली राजनीतिमा नयाँ आशासँगै नयँं विवादको पनि सुरुवात भएको छ । मुलुकमा बिध्वंशकारी महाभूकम्पको त्रास कायमै रहेको र जनताले गहीरो पीडा महसुस गरिरहेको समयमा दलहरुले एकता र आशावादको उपहार जनतालाई प्रदान गरेका छन् जुन आफैंमा राम्रो कुरा हो ।   सीमित प्राप्ती   १६ बुंदे सहमतिले तत्कालीन राजनीतिको गाँठो फुकाएको त छ तर जनताका आम अपेक्षा तथा आन्दोलन र क्रान्तिका एकमुष्ट कार्यभारहरुलाई पुरा गरेको छैन । जनयुद्धका बेला अभिव्यक्त अभिलाषा र जनआन्दोलन तथा पहिलो संबिधानसभा ताका जनतामा छचल्किएको आशाको तुलनामा यो सहमतिलाई एकदमै सीमित उपलब्धी मान्न सकिन्छ । तर, दोश्रो संबिधानसभामार्फत अभिव्यक्त जनमत, सत्तारुढदलहरुको पेलेर जाने रबैया र आन्दोलनका लागि प्रतिकूल समय तथा मनोविज्ञानलाई अलग गरेर यो सम्झौतालाई हेर्न सकिदैन । यो सहमतिको महत्व बुझ्नका लागि पहिलो संबिधानसभा हुँदै २०६९ जेठ २ गते दलहरु बीच भएको सहमति र दोश्रो संबिधानसभा गठन भए लगत्तै कांग्रेस एमाले बीच सम्पन्न ९ बुंदे सहमतिला...

माओवादी विघटनको दिवा सपना

–युवराज चौंलागाईं   आइतवार पौष २१ (२०७१) को नयां पत्रिकामा सभासद एवं एमालेका युवा नेता रवीन्द्र अधिकारीको “माओवादी विघटनको दिशा तिर” पढे पछि केही नलेखी बस्न सकिएन । अर्को कोही आफू भन्दा अग्लो देखियो भने झन् अग्लो देखिन उसको खुट्टा काटेर आफू अग्लो भएको आत्मरती लिने प्रवृत्तिको राम्रो उदाहरण प्रस्तुत लेख हो । एमालेका युवा र सापेक्षित अपेक्षा गरिएका मानिने रवीन्द्रजी बाट यसप्रकारको गलत, हचुवा र सतही विश्लेषण आउनु वाम तथा प्रगतीशील बृत्त मात्र होइन संक्रमण कालीन मुलुकका लागि पनि शुभ संकेत होइन ।  गलत निष्कर्ष   अधिकारीले नेपालमा माओवादी आन्दोलन विघटन भइरहेको गलत र मनोगत निष्कर्ष निकालेका रहेछन्् । विघटन भनेको के हो या त उनलाई राम्रो ज्ञान छैन या भने उनी आफैसंग झुट बोलिरहेका छन् । सारा दुनियालाई थाहा छ आज नेपालका माओवादीहरु संविधान सभामा तेश्रो ठूलो दलको हैसियतमा छन् । उनीहरु प्रमुख प्रतिपक्षी दल पनि हुन् । अधिकारीको दल पहिलो पनि होइन माओवादीकै हाराहारीमा दोश्रो स्थानमा छ । तेश्रो हुनु विघटन हुनु हो भने महोदयको दल पहिल्यै विघटन भइसकेको हुनुपर्ने हो । धांधली, पदको व्य...

संघीयतामा छुटेको बहस

–युवराज चौंलागाईं     नेपालमा संघीयताको प्रारम्भिक बहस जहिले र जसरी उठेको भए पनि संघीयतालाई जनसमान्यको मन देखि सत्ता राजनीतिको केन्द्र बिन्दु सम्म पुऱ्याउने माओवादी आन्दोलन नै हो । माओवादीले संघीयताबारे आम आन्दोलन संगठित गर्न सक्नुका पछाडी मूलत: दुई प्रमुख कारणहरु थिए । पहिलो, पृथ्वी नारायण शाहले भौतिक रुपले एकीकरण गरे पनि त्यस यताका नेपाली शासकहरुले बहुसंस्कृति युक्त मुलुकमा भावनात्मक एकीकरणको पहल गर्नै सकेका थिएनन् । त्यसले गर्दा राज्यको केन्द्रमा देखिने भाषा, संस्कृति, परंपरा बाहेकका देशका मौलिक र पुराना सभ्याताहरु क्रमश: बहिष्करण र विलोपिकरणको दिशामा जांदै थिए। माओवादी आन्दोलनको उठानसंगै ती विकेन्द्रीत र शुष्क भावनाहरुमा जागरण आयो । दोश्रो, अविकास र सीमित अवसरहरुको अतिकेन्द्रीकरणले सीमान्त क्षेत्रहरुमा असन्तोषको बीउ रोप्यो, जसलाई माओवादी आन्दोलनले वाणी दियो । संघीयताको पहिलो जग जनसामान्यको भावनासंग जोडिएर र दाश्रो जग तीनको भौतिक आबश्यकतासंग जेलिएर आयो । अनि संघीयताको मुद्दाले सर्वस्वीकृती प्राप्त नगरी बिश्राम लिएन । दोश्रो संबिधान सभाको अस्वभाविक नतिजा पश्चात पनि ...

works of Antonio Gramsci

  Antonio Gramsci 1891-1937       Gramsci's Life and Thought Gramsci's political and social writings occur in two periods, pre-prison (1910-1926) and prison (1929-35).  His pre-prison writings tend to be politically specific, while his prison writings tend to be more historical and theoretical. For a brief overview of Gramsci's life and thought see: An Introduction to Gramsci's Life and Thought by Frank Rosengarten. Gramsci’s Arrest: Letter by Tania Schucht , November 1926 Pre-Prison Political Writings 1910-1926 1916 Newspapers and the Workers * ( Avanti! , 22 December 1916) Men or machines? ( Avanti! , 24 December) 1917 Character * ( Grido del Popolo , 3 March 1917) Notes on The Russian Revolution ( Grido del Popolo , 29 April) The Russian Maximalists ( Grido del Popolo , 28 July) The Revolution Against 'Capital' , * ( Avanti! , 24 November) 1918 One Year of History * (...

रात फूलेको याम : एक सुन्दर ऐतिहासिक उपन्यास

–युवराज चौंलागाईं हिजो आज माओवादी आन्दोलनका बारेमा सकारात्मक भन्दा नकारात्मक चर्चाहरु बढी हुन थालेका छन् । असंवेदनशील देखिने नेतृत्व गण, थकित जस्ता कार्यकर्ता पंक्ति र पहुंचविहीन आम समर्थक समूहको कूल योगमा यस आन्दोलनबारे सकारात्मक भन्दा नकारात्मक चर्चाले बढी स्थान पाउनु अनौठो होइन । तर साहित्यको हकमा बरिष्ठ दरिएका माओवादी सर्जकमा आएको स्खलित मनोदशा मात्र यस आन्दोलनको समसामयिक पहिचान होइन, बरु नचिनिएका/नसुनिएका चिन्तक/सर्जकहरुले बिस्तारै आफ्नो धारको रक्षा र मौलिक विकास गरिरहेका छन् भन्ने कुराको पछिल्लो उदाहरण हो युवा उपन्यासकार दीपशिखाको रात फूलेको याम । रात फूलेको याम मूलत: न्याय पूर्ण हिंसाको समर्थन गर्ने प्रगतिशील मानवताबादी उपन्यास हो । उपन्यासले एकातिर हरेक मान्छेको आधारभूत अधिकारको पक्षमा खुला पैरवी गर्छ भने अर्कातिर एउटा मान्छे यदि सिंगो समाजका बहुसंख्यक मानिसहरुको अधिकारको विरुद्ध गएमा दण्डित गरिनु पर्ने तर्क पनि अगाडी सार्छ । सिंगो उपन्यास जनयुद्ध र जनआन्दोलनको पक्षमा दृढता पूर्वक उभिएको मात्र छैन, अपितु त्यस क्रममा भएका घटना क्रमहरुलाई सुन्दरतम् रुपमा प्रस्तुत समेत गरिएक...

जब गोराहरु बुझ्दैनन्

                                                                                         –निकोलस क्रिस्टोफ जब म अमेरिकामा विद्यमान जातीय असमानताको बारेमा लेख्छु, गोराहरुले एउटा आम प्रतिक्रियाका रुपमा आंखा घुमाउंदै जोडदार रुपले भन्ने गर्छन : यो अघि बढ्ने समय हो । “गोराहरुका रुपमा, के हामी अनन्तकाल सम्म आत्मालोचित हुन अभिशप्त छौं ?”नीलले मलाई ट्वीट गरे । “व्यक्तिगत उत्तरदायित्वले कहिले काम गर्छ ?” मेरो फेसबुक पेजमा टेरीले सोधे :“ती कामहरु जो धेरै पहिला भइसकेका थिए का पछाडी हामी किन अझै दौडि रहेका छौं ?” यो बर्ष मैंले लेखेका स्तम्भ श्रृंखलाहरु,कि...

पुनर्गठनको पर्खाइमा माओवादी आन्दोलन

  युवराज चौंलागाई एकता र पुनस्र्थापना आधा दशक अगाडी नेपालमा एउटै कम्युनिष्ट केन्द्रको अवधारणा अघि सार्ने नेपालका माओवादी नेताहरु अहिले आफैं झण्डै आधा दर्जन समूहहरुमा विभाजित छन्। नेपालको इतिहास बदल्ने माओवादी आन्दोलन अब आफैं इतिहासको दु:खान्त नियति भोग्ने ठाउंमा आइपुग्यो भनेर विरोधी नेताहरुले दैनिक जसो कटाक्ष गरिरहेका छन्। माओवादी दावी गर्ने सबै पार्टीहरुको व्यापक विचलन,अलमल र गल्तीका चांगहरु देख्दा माओवादी र सफलताको अब भेटघाटै हुंदैन कि भन्ने डर मान्ने पक्तिं ठूलै छ । तैपनि समकालीन नेपालको सबभन्दा प्रगतिशील,जनआधारित,रक्तरञ्जित इतिहास र व्यापक रुपमा स्थापित नेतृत्व भएको आन्दोलन हुनुका नाताले यो आन्दोलनको पुनस्र्थापना संभव र आवश्यक दुवै छ। असल नेता कार्यकर्ताहरुको मनभित्र यहि कुराले घर गरेको छ । र, त्यसलाई साकार तुल्याउने संकल्प नै सिंगो माओवादी आन्दोलनको चालक शक्ति हो । विगतमा के कति कारणले विभाजन आयो र त्यसमा कसको मुख्य कमजोरी रह्यो त्यो अलग्गै चर्चाको विषय हो। अहिलेलाई भने सबै जसो समूहहरु एकताको पक्षमा देखिएका छन् जुन स्वागतयोग्य छ। केही समय अगाडी एमाओवादी अध्यक्ष कमरेड...

संबिधान सभाको बिद्यमान शक्ति सन्तुलन र माओवादी

                    -युवराज चौंलागाईं   संबिधान सभाको दोस्रो निर्वाचन पश्चात नेपाली राजनीतिमा फेरि एकपटक संशयपूर्ण बहसको शुरुवात भएको छ । अघिल्लो संबिधान सभाको उत्साह र अपेक्षा भन्दा बिल्कुल भिन्न रुपमा दोश्रो संबिधान सभाका बारेमा निराशापूर्ण र परंपरागत प्रतिक्रियाहरु आउन थालिसकेका छन् । यसो हुनुका केही कारणहरु छन् ।   पहिलो, गत संबिधान सभाले जनताका अपेक्षाहरु पुरा गर्न वा त्यस दिशामा प्रगति भइरहेको अनुभूति दिन सकेन । लामो द्धन्द्ध पछि, ठूलो मूल्य चुकाएर जनताले प्राप्त गरेको संबिधान सभा भित्र भइरहेका बहसहरुले जनतालाई छुन सकेनन् । सरकार बन्ने र बदलिने प्रकृयामा जसरी समय खर्च गरियो, त्यसले नयां केही हुने आशा गरेका जनता वाक्क दिक्क बन्न पुगे ।  दोश्रो, एमाओवादी पार्टी जनताको पक्षमा जसरी लाग्ने र नतिजा निकाल्ने बिश्वास जनसमुदायमा थियो, त्यसलाई माओवादीले कायम राख्न सकेन । न त सरकारका कामहरु राम्रा भए, न भएका केही राम्रा कामहरुकै व्यबस्थित प्रचार गर्न नै सकियो । उल्टो माओवाद...