Posts

कोरियामा पिल्सिएको नेपाल : एक अनुभूति

नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाको चौथो अधिबेशनको सन्दर्भमा यो पंक्तिकार हालै पांच दिने कोरिया भ्रमण सकेर फर्कियो । यो लेख त्यहि भ्रमणका सूचना र अनुभूतिहरुको एक सिलसिला हो ।  कोरियामा बिभिन्न प्रकारको भिषामा नेपालीहरु बसोबास र काम गर्दै आएका छन् । ती मध्ये इपियस मार्फत काममा गएका नेपालीहरुको संख्या सबभन्दा ठूलो छ । कामदारलाई निश्चित मूल्यांकन प्रणालीका आधारमा छनौट गर्न करिब दशक अगाडी रोजगारी अनुमति प्रणाली (इपियस) प्रचलनमा ल्याइएको थियो । अदक्ष र अर्धदक्ष कामदारका लागि यो प्रणाली अपनाइए पछि कोरियामा सर्ब साधरण नेपाली कामदारहरुको पहुंच ह्वात्तै बढेको छ । महिला, गरिब र समाजको आर्थिक रुपले बिपन्न समुदाय समेत कोरियामा अहिले श्रम गरिरहेका भेटिन्छन् ।  कोरियामा करिब चालिस हजार यस्ता नेपाली श्रमिकहरु रहेको त्यहां रहदा थाहा भयो । यस्ता श्रमिकहरु हरेक महिना पन्ध्र देखि पच्चिस लाख ओन (नेपाली करिब डेढ लाख देखि अढाई लाख रुपैंया) सम्म तलब थाप्छन् । कंपनीको स्तर, लोकेशन तथा कामदारको अनुभव जस्ता कुराहरुले तलब मानमा फरक हुने गरेको  छ । रोजगारदाता कंपनी स्वयंले कामदारह...

शिक्षा : परिवर्तनको पैरवी

                                   प्रारम्भ            शिक्षालाई ज्ञान, विज्ञान र आविष्कारको आधार मानिन्छ। आजको दुंनियामा हरेक मानब निर्मित संस्कृति र सभ्यताको अस्तित्व र बिस्तारको अन्तिम आधार नै शिक्षा हो ।     शिक्षाको सवाल हरेक व्यक्तिको मौलिक र स्वतन्त्र सवाल हो । शिक्षाको सवाल राज्य, समाज र आम समुदायको समग्र सवाल पनि हो। हरेक व्यक्तिले शिक्षालाई आफ्नो मौलिकतामा ग्रहण र विकास गर्दछ । त्यसकारण यो व्यक्तिगत सवाल हो । त्यस्तै हरेक राज्य, समाज र समुदाय आफ्नो नीति–नियम,  आचार –विचार, संस्कार र अर्थतन्त्रको मौलिकता अनुरुप शिक्षा पद्धतिको समग्र खाका वा प्रणाली तयार गर्न बाध्य छ । ता कि आफ्नो राज्य ,समुदाय वा समाज आफ्नो बिशेषता, आफ्नो मौलिकता र  आफ्नै शक्ति सहित अघि बढोस् । त्यसकारण शिक्षाको सवाल राष्ट्रिय सवाल हो । यसरी एउटा शिक्षा प्रणालीले एकै पटकमा एकातिर समाज वा समुदायको आवश्यकता पुरा गरिरहेको हुन्छ भने अर्का तिर व्यक्तिको निजि आकांक्षा...

शहीद परिवारको पीडा र पार्टी अनुभूति

                                                   आइतवार सांझ अघिपछि भन्दा अलि चांडै डेरामा आइपुगेको थिएं । बच्चाहरुको पढाई के कस्तो भैरहेको छ भनेर केही समय उनीहरु संग बस्ने योजनामा थिएं ।  छोरीलाई आऊ भनेर बोलाएं । बोलिनन् । हेरें – उनी त गुत्थिएर गजधम्म भएर पो बसेकी † बोकेर अर्को कुना सम्म पुर्‍याएं । माया गर्दै के भयो भनेर सोधें ।  उनी त रुन थालिन् । केही बेर सोधे पछि भक्कानिदै भन्न थालिन् : ‘ मेरो बाबा मर्नु भ’को रछ होइन ? मलाई किन ढांटेको ? ’ काखमा छोरी लिएर म थचक्क ओच्छ्यानमा बसें । मनमा कस्तो कस्तो गह्रौं भएर आयो ।  घांटीमा केही अड्किन थाल्यो ।  छोरी काखमा घुंक्क–घुंक्क रोइरहेकी थिइन , मेरो पनि आंखा रसाउन थाले ।  आंसुका ताता ढीक्काहरु छोरीको जिउमा पर्न थाले छ ।  उनी मलाई हेर्न थालिन् – अन्यमनस्क र द्रवित भावले । मैंले उनलाई अंगालोमा बांधें र भनें–‘ अब देखि कहिल्यै त्यसो नभन है † कहिल्यै †† तिम्रो बाबा मरेको होइ...

यसरी बन्छ माओवादीको उज्जवल भविष्य

नेपाली समाजको चरित्र एवं संगठन तथा संघर्षको प्रकृतीलाई दीर्घकालीन र आधारभूत रुपमा प्रभाव पार्ने गरी हालसालै नेपालमा घटेका घटनाहरु मध्ये २ कुरा प्राथमिक महत्वका छन् । ती हुन् :– क) नयां संबिधान घोषणा ख) माओवादी पार्टीहरुको ध्रुवीकरण । नयां संबिधानको घोषणा नेपाली सामाजलाई आधारभूत रुपमा प्रभाव पार्ने एक मुख्य पक्ष हो । राजनैतिक दृष्टिले यसका चार प्रमुख कारणहरु छन् । १) यो संबिधान मुलुकको इतिहासमै पहिलो पटक जनता आफैंले आफ्ना लागि जारी गरेको संबिधान हो । बिगतमा जस्तो कसैले बकस दिएको, आफू भन्दा माथि अर्को शक्तिको प्रभाव स्विकार गरी जारी भएको संबिधान होइन यो । २) नयां संबिधान कयौं प्रगतिशील र क्रान्तिकारी मान्यताहरु समाबेश भएको दस्ताबेज हो । ३) नयां संबिधान जनताका क्रान्तिकारी आन्दोलनहरु मूलत: दश बर्ष महान जनयुद्धकै प्रत्यक्ष उपज हो जसले यथास्थितीवादी दलहरुलाई लतारेर अघि ल्याएको थियो । ४) नयां संबिधानमा कयौं कमी कमजोरीहरुेका छन् तैपनि संबिधान यसकारण स्विकार्य छ कि तिनलाई परिवर्तन गर्न जनमत मार्फत संबिधान शंशोधनको बाटो खुल्ला छ । माओवादी दृष्टिकोण अनुसार नयां संबिधानले नेपाली समाज...

माओवादी आन्दोलनका संगठनात्मक समस्याहरुबारे

कम्युनिष्ट पार्टीको एक मात्र उद्देश्य कार्ल माक्र्स (१८१८–१८८३ ई.) का अनुसार दुनियालाई बदल्नु हो । सन् १८४८मा कम्युनिष्ट घोषणा पत्र सार्बजनिक गर्दै उनले त्यसका दुई आयाम रहने स्पष्ट पारे – पहिलो, दुनियालाई बुझ्नु, र दोश्रो त्यसलाई बदल्नु । आज सम्म सारा संसारका क्रान्ति, परिवर्तन र आन्दोलनहरु यिनै दुई कुराहरुका लागि भइरहेका छन् ।  कम्युनिष्ट पार्टीका मूलत: दुई प्रकारका आन्तरिक कामहरु हुन्छन् । एक, बैचारिक/राजनैतिक काम र अर्को संगठनात्मक काम । बैचारिक कामले प्रारम्भिक निकास पाएपछि कुनै पनि पार्टीको मूल काम संगठनात्मक काम हो । एक कम्युनिष्ट नेताले भनेका छन् – ‘सहि राजनैतिक कार्यदिशाको प्रतिपादन भए पछि सांगठनिक कामले राजनैतिक कार्यदिशा स्वयंको भाग्य, त्यसको सफलता वा असफलता लगायत सारा कुराको फैसला गर्दछ ।’ (१) प्रस्तुत आलेखमा उपरोक्त समझदारीको आलेकमा कम्युनिष्ट पार्टीका संगठनात्मक पक्षबारे एक छलफल चलाउने प्रयत्न गरिएको छ ।  कम्युनिष्ट संगठन : एक सामान्य सिंहाबलोकन कम्युनिष्ट पार्टी मजदूर वर्गको शक्तिले राज्य सत्तामा श्रमजीविहरुको बर्चस्व कायम गर्ने मान्यताका साथ जन...

मैंले केही गरेको छैन

हो हजुर  मैंले केही गरेको छैन।  ठूल्ठूला साहसिक निर्णयहरु  लिन सकेको छैन आफैंलाई बलिदान दिन सकेको छैन  सिंगै समर्थकहरुलाई रोजगारीमा हुल्न फन्को नमार्नेहरुलाई हृदयदेखि भुल्न  मैंले सकेको छैन  आफ्नै भान्साको समस्या पनि भगाउन सकेको छैन धम्की घुर्की गर्दै अन्त नजर लगाउन सकेको छैन लाखौंको जायदाद लिन/दिन सकेको छैन हजुर मेरो पर्यावरणबाट खतरा टरेको छैन  मैंले केही गरेको छैन ।  आन्दोलनमा म गरीबको एउटा परिवार उजाड भएको त हो  घरको एउटा प्यारो सदस्य सहिद मात्र भएको त हो  केही दर्जन मोर्चा लडेर कहॉ हुन्छ खंडेरीमा मात्र अघि बढेर कहॉ हुन्छ  म उल्लूले बुझ्नु पर्छ गोडा बिशेक बर्ष झोला बोकेर गाउं हल्लदैमा कहॉ हुन्छ केही मान्छेले राम्रो भन्दिदैमा कहॉ हुन्छ आफूमा केही बिशेष हुनुपर्छ आफ्ना कोही बिशेष हुनुपर्छ। ओठमाथि जुंगाको रेखि नबस्दा देखि तिलचामले कपाल हुंदा सम्म मैंले सिक्न सकेको यत्ति हो हजुर  मैंले केही गरेको छैन । २०७३ फागुन ९

कमरेडको फोन

कमरेडको फोन बाह्र बर्ष पछि मेरो छाप्रोमा कमरेडको फोन आयो। एक जुगमा प्रिय थिए उनी मेरा बच्चाहरुका मैंले नजानेका रमाइला बाल कथाहरु सुनाउंथे उनी नियास्रो मान्थिन् मेरी जहान मैंले कहिल्यै नहेरेका भान्साका मसिना कामहरु सघाउंथे उनी मेरो टोलका सप्पै किसानहरु रमाउंथे उनीसंग दु:खका कथा हाल्थे दु:खमा कॉध थाप्थे भारी झोला बोकेर मोजा गन्हाउंदै जब उनी टुसुक्क खटियामा बस्थे गजबको आत्मीयता बसाउंथ्यो मेरो झुपडी भित्र। जहान क्यान्सरले बितेको सात बर्ष भयो उनले खेलाएको ठूलो छोरो साउदी भासिएको तीन बर्ष भयो दिव्य चार बर्ष भएछ छोरीकै बिहे भएको के सुनाऔं के भनौं मन उद्वेलित भयो छाती ढक्क भयो बाह्र बर्ष पछि मेरो छाप्रोमा कमरेडको फोन आयो। नम्बर जम्मै मेटिइसकेको नोकियाको थोत्रो सेटमा कचक्क थिचेर जब शुरु भयो बातचीतको सिलसिला कमरेडले मेरो घरबारे सोधेनन् आफैंले खेलाएका बाबु/नानीहरुबारे सोधेनन् मरीसकेकी जहानबारे सोधेनन् किसानहरुबारे सोधेनन् कमरेडले सोधे- 'दाजु, तपाईको बस्ती तिर जग्गाको भाऊ कति पुग्यो?' -----२०७३/१०/०२--------