मैंले केही गरेको छैन
हो हजुर
मैंले केही गरेको छैन।
ठूल्ठूला साहसिक निर्णयहरु
लिन सकेको छैन
आफैंलाई बलिदान दिन सकेको छैन
सिंगै समर्थकहरुलाई रोजगारीमा हुल्न
फन्को नमार्नेहरुलाई हृदयदेखि भुल्न
मैंले सकेको छैन
आफ्नै भान्साको समस्या पनि भगाउन सकेको छैन
धम्की घुर्की गर्दै अन्त नजर लगाउन सकेको छैन
लाखौंको जायदाद लिन/दिन सकेको छैन
हजुर
मेरो पर्यावरणबाट खतरा टरेको छैन
मैंले केही गरेको छैन ।
आन्दोलनमा म गरीबको एउटा परिवार उजाड भएको त हो
घरको एउटा प्यारो सदस्य सहिद मात्र भएको त हो
केही दर्जन मोर्चा लडेर कहॉ हुन्छ
खंडेरीमा मात्र अघि बढेर कहॉ हुन्छ
म उल्लूले बुझ्नु पर्छ
गोडा बिशेक बर्ष झोला बोकेर गाउं हल्लदैमा कहॉ हुन्छ
केही मान्छेले राम्रो भन्दिदैमा कहॉ हुन्छ
आफूमा केही बिशेष हुनुपर्छ
आफ्ना कोही बिशेष हुनुपर्छ।
ओठमाथि जुंगाको रेखि नबस्दा देखि
तिलचामले कपाल हुंदा सम्म
मैंले सिक्न सकेको यत्ति हो हजुर
मैंले केही गरेको छैन ।
२०७३ फागुन ९
Comments
Post a Comment