कतार भ्रमण : केही अनुभूतिहरु
– युवराज चौंलागाईं अप्रिल १६, २०१६ का दिन बिहान हामी कतारका श्रम, प्रशासन बिकास तथा समाजकल्याण मन्त्री संग भेट्न दोहा स्थित उनकै मन्त्रालयमा पुग्यौं । ५१ औं तला माथि रहेको उनको भव्य कार्यालय बाट समुद्रको किनार छेउ सम्पन्नतामा मुस्काइरहेको गगनचुम्बी कतार निकै आकर्षक देखिन्थ्यो । खाइलाग्दा अधबैंशे मन्त्री इशा बिन साद अल नाइमी जुफाली हामीलाई बाहिर सम्म लिन आए । आफ्ना चार जना अधिकारीहरु सहित छलफलमा बसेका मन्त्री जुफाली निकै खुल्ला र मैत्री पुर्ण लागे । हाम्रो टोलीका प्रमुख नेपालका पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपाली श्रमिकहरुका समस्याहरुका विषयमा खुलेर विषय उठान गर्नु भयो । वहांले नेपाली कामदारहरुलाई कतारी कंपनीहरुले सम्झौता अनुसार उचित तलब नदिएको, फ्री भिषा फ्री टिकेट पूर्ण रुपमा लागू नगरेको, समयमै परिचय पत्र दिने नगरेको, एउटा काम भनी अर्कै काममा लगाउने गरेको, अबैध हुन बाध्य पारि ठगी गरेको जस्ता बिषयहरु क्तारी श्रम मन्त्री समक्ष राख्नु भयो । मन्त्री जुफालीले आफूहरु श्रमिकहरुका समस्या प्रति संबेदनशील रहेको र दोहा स्थित नेपाली दूताबासले आफू कहा...